बिराटनगर, भदौ १२ गते । जेष्ठ नागरिक साझा चौतारी सेवा समाजले जेष्ठ नागरिक ८७ वर्षिय नेत्र मंजरी खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाको प्रमुख अतिथीमा संघिय सांसद अमनलाल मोदीलाई राखिएकोमा अमनलाल मोदीकै अनुरोधमा खतिवडालाई प्रमुख अतिथी बनाइएको थियो ।
साधारण सभाका विशिष्ठ अतिथी मोदीले जेष्ठ नागरिकहरुले गरेको क्रियाकलापहरुलाई जोगाई राख्न, संस्कृति परम्पराहरुको संरक्षणको लागि जेष्ठ नागरिकको संरक्षण हुन आवश्य रहेको भन्दै ६० वर्ष उमेर पुगेकोलाई जेष्ठ नागरिकमा राख्ने पर्ने वहांको भनाई थियो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथी ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष फूल कुमारी चौधरीले जेष्ठ नागरिकहरु सिकेका सिपहरुलाई यूवापुस्तामा हस्तान्तरण गर्नका लागि सिप मुलक तालिम जेष्ठ नागरिक मार्फत संचालन गर्ने गाउँपालिकाको योजना रहेको वताए ।
उक्त साधारण सभामा २०७७÷०७८ को आय व्यास समते प्रस्तुत गरेका थिए । सो सभा जेष्ठ नागरिक साझा चौतारी सेवा समाजको अध्यक्ष राम कृष्ण खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]