बिराटनगर, भदौ ८ गते । नेपालमा मेची देखि महाकाली सम्म खास गरी तराई मधेशमा बसोवास गर्ने बढईको उत्थान, पहिचान र विकासको लागि यूवा समिति गठन गरिएको छ ।
सप्तरीको बढई जातिका बुद्धीजीवी, यूवा, महिला लगायतको उपस्थितीमा यूवा केन्द्रिय समिति, यूवा जिल्ला समिति चयन गरेको हो ।
प्राइम होली क्रस एकेडेमी (+२), राजबिराजको प्रांगणमा भदौ ५ गते शनिवार भएको बृहत भेला सितल प्रसाद शर्माको अध्यक्षतामा सप्तरीका युवा तथा बुद्धिजिवीहरुको अन्तरक्रिया कार्यक्रम भएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथी नेपाल बड्ही÷बढई समाजका यूवा संयोजक राम नारायण शर्मा, बिशिष्ट अतिथीमा केन्द्रिय बरिष्ट उपाध्यक्ष हरि नारायण शर्मा, सप्तरी जिल्ला अध्यक्ष बलराम शर्मा, गुलटेन शर्मा, सूर्य नारायण शर्मा, सुरेन्द्र मधेशी, राम नारायण लगायत सयौं बढी समुदायको उपस्थिति रहको थियो । सम्पुर्ण बढई समाजलाई बलराम सुतहारले आफ्नो मन्तव्यवाट स्वागत गरका थिए ।
सोही भेला बाटै सर्व सम्मत रुपमा नेपाल बड्ही÷बढई जिल्ला युवा समिती, केन्द्रिय युवा पदाधिकारी र सदस्यहरु चयन समेत चयन गरेको छ । केन्द्रिय यूवा सल्लाकारमा पवन शर्मा यूवा सदस्यमा सुरेश शर्मा र नन्द किशोर शर्मा चयन भएको छ ।
त्यसैगरी प्रमोद कुमार शर्माको अध्यक्षतामा सप्तरी जिल्ला यूवा समिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्ष दिनेशवर शर्मा, उपाध्यक्ष सन्तोष शर्मा, सचिव विनोद शर्मा, सह सचिव धर्मदेव शर्मा, कोषाध्यक्ष पुनम कुमारी शर्मा, रहेका छन् ।
सदस्यहरुमा राज कुमार शर्मा, सन्तोष कुमार शर्मा, मुकेश शर्मा, शुबंश शर्मा, किशोर शर्मा, रमेश शर्मा, पप्पु शर्मा, बिशेश्वर प्रसाद शर्मा, पप्पु शर्मा,संजय शर्मा, आशा कुमारी शर्मा, रंणजीला शर्मा, कुलान्न्द शर्मा, प्रकाश शर्मा, अमिरलाल शर्मा रहेका छन् ।
बड्ही÷बढई जातिमा सुतिहार, शर्मा, कमार, मिस्त्रि, ठाकुर, बड्ही, बढई, लगायतका थरहरु लेख्ने गरका छन् । बढई जातिको मुख्य बसोवास तराई मधेशको क्षेत्र भनेता पनि अहिले प्राय सवै जिल्लामा बसोवास रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]