बिराटनगर, भदौ ४ गते । विरामीको आफन्तलाई कोशी अस्पताल लगायतका अन्य अस्पतालमा उपचार राम्रो नभएको भन्दै अन्य नीजी अस्पतालमा उपचार गर्ने प्रेरित गर्ने दुई जना विचौलीयालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार जिल्ला मोरङ विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन“ भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्नेहरुलाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेहरुमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–८ अमरटोल बस्ने बर्ष १८ को प्रधुम्न राय र ऐऐ बस्ने बर्ष २३ को आनन्द कुमार साहलाई भदौ ३ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।
तीनीहरुले सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने लगायतको अभियोग लागेका छन् ।
यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ । गर्न जिल्ला प्रहरी कार्यालय मोरंगले अनुरोध समेत गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]