बिराटनगर, श्रावण २० गते । १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.–६ बस्ने बर्ष २३ को सुर्य राई, पौवादुङ्मा गाउँपालिका वडा नं.६ बस्ने बर्ष १९ को सागर राई, बर्ष २२ को संगम राई, जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.८ बस्ने बर्ष १९ को सरोज राई रहेका छन् ।
त्यसैगरी जिल्ला धनकुटा शहिदभूमि गाउँपालिका वडा नं.३ बस्ने बर्ष २१ को खपाङ राई,साँगुरीगढी गाउँपालिका वडा नं.८ बस्ने बर्ष २७ को राज कुमार राई रहेका छन् । ती ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.६ बस्ने बर्ष २३ को सुर्य राई भन्ने व्यक्तिले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.६ बस्ने बर्ष २२ को संगम राईबाट नगद रू.१ लाख १८ हजार, जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १९ को सागर राईबाट नगद रू १ लाख अठार हजार र जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.८ बस्ने बर्ष १९ को सरोज राईबाट नगद रू. २ लाख लिएको खुल्न आएको छ ।
उक्त कार्यमा संलग्न ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको थियो ।
जिल्ला प्रहरी कार्यालयवाट शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको छ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]