बिराटनगर, श्रावण १३ गते । सुन्दरहरैचा नगरपालिकामा संचालनमा रहेको एक सुनपसलमा लुटपाटको असफल प्रयास गर्ने अपराधीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरहरैचा नगरपालिका वडा नं. १० त्रिवेणी चौकमा खगेन्द्र थापाले संचालनको शिव पंञ्चायन ज्वेलर्सको सुनचाँदी लुटपाटको लागि श्रावण १ गते हतियार सहित मोटर साईकलमा आएको केही अपराधीक युवाहरुले असफल प्रयास गरेको थियो ।
उक्त घटनाको प्रहरीले गरको सक्ष्म अनुसन्धानका कारण घटनामा संलग्न रहेको आरोपमा ६ जना यूवाहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेहरुमा संखुवासभा सभापोखरी गाउँ पालिका वडा नं. ४ घर भई हाल ईटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा डेरा गरी बस्ने बर्ष ३९ को प्रकाश भन्ने चन्द्र बहादुर राई, सुनसरी गढी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४५ को डाईमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बारबिसे गाउँपालिका ६ घर हाल ईटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा डेरा गरी बस्ने बर्ष ३० को चिरञ्जिवि राई रहेका छन् ।
त्यसैगरी मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ५ बस्ने बर्ष २२ को मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका वडा नं. ३ घर भई हाल ईटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा डेरा गरी बस्ने बर्ष ३० को नगेन्द्र राई, मोरङ सुन्दरहरैचा नगर पालिका वडा नं. ७ बस्ने बर्ष ३१ को सन्तोष राईलाई पक्राउ गरेको हो ।
आषाढ ३१ गते उक्त सुन पसलमा ३ वटा मोटरसाईकलमा ६ जना आई लुटपाट गर्न योजना बनाए पनि सफल हुन सकेन त्यसपश्चात वुढी खोलाको बाटो हुँदै ईटहरी तर्फ गएर साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको प्रहरीको अनुसन्धानवाट खुलेको छ ।
उक्त सुन पसल लुटपाट गर्ने उद्देश्यले हतियार सहित २ जना प्रवेश गरेको डाईमण्ड भन्ने प्रमोद चौधरी कटुवा पेस्तोल, चन्द्र बहादुर राई, (एसमजी) अन्य १ जना (एटोमेटक पेस्तोल समेत) प्रयोग गरेको थियो ।
घटनामा प्रयोग भएका बरामद (हातहतियार तथा गोली) सामाग्रीहरूमा सुन्दरहरैचा नगरपालिका वडा नं.५ नमुना सामुदायिक वनको करमको रूखको टोड्को भित्र लुकाई कार्टुन टेपले वेरर राखेको अवस्थामा एसमजी थान–१, म्याग्जिन थान–१, गोली राउण्ड–६२, एटोमेटिक पेस्तोल थान–१, म्याग्जिन थान–१, गोली राउण्ड, ३०३ राईफलको राउण्ड थान–४ (चार), कटुवा पेस्तोल थान–१, एमपीआर लेखेको संचार सेट थान– २ रहेको छ ।
त्यसैगरी को २ ह २७३६ नं. अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाईकल, को २० प १८६ मोटरसाईकल, को ८ प ६५८३ मोटरसाईकल, को २१ प ६७०३ मोटरसाईकल, बिभिन्न ब्राण्डका मोवायल थान–८ (आठ), नेपाली नगद रू १६ हजार १ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]