बिराटनगर, आषाढ २९ गते । नवजात शिशु (छोरी) को जन्म भएपछि श्रीमान् श्रीमति मिलेर नवजात शिशु (छोरी)को हत्या गरेको आरोपमा चार जना पक्राउ परेको छ ।
घटनाको विवरण अनुसार जिल्ला मोरंग रंगेली नगरपालिका वडा नं. ५ आमगाछी टोल बस्वने अरुण मण्डलको श्रीमति २५ वर्षिय खुस्बु मण्डलले २७ गते आईतवार छोरीलाई जन्म दिएको थियो ।
सो छोरी नवजात शिशुलाई व्ल्याकेटले घाँटी थिचेर मारी आमा बुवाले संचालन गर्दै आएको रंगेली वडा नं. ५ स्थित चाँदनी चौकमा हरेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको सुचना पाएपछि प्रहरीले अनुसन्धान थालेका थिए ।
ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न खुस्बुको बुवा बर्ष ५० को नागेश्वर मण्डल, आमा बर्ष ४८ की उर्मिला मण्डल र श्रीमान बर्ष २८ को अरुण मण्डल समेतलाई पक्राउ गरी (कर्तब्य ज्यान कसूरमा) सम्मानित मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]