बिराटनगर, आषाढ २९ गते । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी पछि हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरेको छ ।
जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका वडा नं. ७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुलीको २८ गते सोमवार कार्यालय परिसरमा मृत फेला परेकी थिईन् ।
महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।
अनुसन्धानको सुक्ष्म अध्ययन अनुसार सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरीएको हो ।
पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]