बिराटनगर, आषाढ २५ गते । मोरङको बेलवारी नगरपालिका वडा नं. १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।
लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]