सुनसरी, आषाढ १८ गते । सुनसरी जिल्लाको ईटहरी उप–महानगरपालिका एरियाको छुट्टाछुट्टै दुई स्थानमा चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका वडा नं. ३ का २९ बर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ बर्षीय सुरज परियार रहेका छन् ।
तामाङ ईटहरी उपमहानगरपालिका वडा नं. ३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।
जेष्ठ १२ गते पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ ।
त्यसैगरी ईटहरी उपमहानगरपालिका वडा नं. ६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा ३ बाट चोरी भएको नाईट्रोजन ग्यास सिलिण्डर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
चोरीको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]