बिराटनगर, आषाढ १६ गते । मोरङ, झापा र सुनसरी जिल्लाको तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको बेलवारी नगरपालिका वडा नं. १ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका वडा नं. ६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलवार बेलवारी नगरपालिका वडा नं. १ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ, २७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङ रहेको छ । उनीहरुको साथबाट डाईजेबल १७ एम्पुल, फेनेरगन १७ एम्पुल, एभिल १७ एम्पुल र लुपिजेसिक १७ एम्पुल सहित पक्राउ गरेको थियो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका वडा नं. ६ का २७ बर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका वडा नं. १२ घर भई ईटहरी बस्दै आएका ४२ बर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित कोशी गाउँपालिका वडा नं. १ बाट पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]