राजेश कुमार राजवंशी
बिराटनगर, आषाढ १० गते । जहदा गाउँपालिका बडा न २ हरिनगरामा राजवंशी समाज उत्थान समितिले गाउँ एकाइ समिति गठन गरेको छ ।
गाउँ एकाइ कार्यक्रमको प्रमुख अथिती राजवंशी समाज उत्थान समिति अध्यक्ष भुवनेस्वर मण्डल राजवंशीको आतिथ्यमा एकाइ समिति गठन गरेको हो ।
प्रमुख अथिती बोल्दै महाभारतकाल मत्सय देशका विराट राजासग जोडिएका विराट राजवंशी पुर्वी नेपालको आदिवासी एवं भुमि पुत्र भएको वताए ।
२०५४ साल देखि अनवरत रूपमा आफ्नो हक अधिकार, अस्तित्व, पहिचान प्राप्तिको लागि संघर्शरत रहेको वहांको भनाई छ ।
जबसम्म विराट राजवंशी आदिवासी जनजाति प्रतिष्ठानमा छुटै सुचिकृत हुदैन, तबसम्म हाम्रो लडाइँ जारीनै रहने भन्दै विशिस्ट अथिती राजवंशी समाज उत्थान समिति केन्द्रिय सहसचिव काशिनाथ राजवंशीले वताए ।
२०७८ सालमा हुने जनगणनामा घर परिवार सूचीकरण गर्न र जनगणना गर्न हाम्रो घर दैलोमा गणकहरु आउदै छन । सो जनगणनामा जातजाति पुर्खाको भाषा र मातृ भाषाको महलमा विराट राजवंशी लेखाउन आग्रह गरको छ ।
राजवंशी समाज उत्थान समितिको जिल्ला सचिव वसन्त राजवंशी सदस्य लक्ष्मीकान्त बिश्वास राजवंशी विराट राजवंशी युवा समिति अध्यक्ष कुसेश्वर राजवंशी सहसचिव अतयानन्द राजवंशी कलाकार समिति सचीव पन्नालाल राजवंशी लगायत आ–आफ्नो धारणा राखेका थिए ।
सोही अवसरका देवचरण राजवंशीको अध्यक्षतामा १५ कार्य समिति चयन गरेको थियोे । जसमा उपाध्यक्ष दुर्गा देवि राजवंशी, सचिव उमेश राजवंशी, सहसचिव भुनेश राजवंशी, कोषाध्यक्ष हिलमति देवी राजवंशी, सदस्यहरु सियाराम, सजनी, रोजिका, रुपेश, मुनम, सुन्दरी, राजकुमारी, ज्योति, गहनी राजवंशी लगायत एकाइ समितिमा चयन भएको छ । सल्लाहकारमा तिर्थ कुमार राजवंशी, राजेश कुमार राजवंशी, तेजनारायण राजवंशी रहेका छन ।
सो कार्यक्रमको सन्चालक राजेश कुमार राजवंशीले गर्नु भएको थियो भने देवचरण राजवंशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]