बिराटनगर, आषाढ ८ गते । ‘जीवन बचाऔं’ अभियानले विराटनगर महानगर पालिका वडा नं. १९ र कटहरी गाउँपालिका वडा नं. २ सिंघिया खोला किनारमा बसोवास गरेको विपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य्यान्न सामग्री वितरण गरेको छ ।
कोरोना महामारीको वेला नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण मजदुरी गर्न समेत नपाएको विपन्न परिवारलाई खाद्य्यान सामग्री उपलब्ध गराउने उदेश्यका साथ भिलेज नेपाल र हातीबन्धा युवा क्लबले संयुक्त रुपमा संचालन गरेको ‘जीवन बचाऔं’ अभियानमा प्राप्त भएको सहयोग विपन्न परिवारलाई वितरण गरेको हो ।
निशेधाज्ञाबाट प्रभावित भएका अति–विपन्न ३५ घर परिवारलाई १० दिन सम्म पुगने गरी राहत स्वरुप खाद्यान्न, मास्क, चाउचाउ र सेनिटाईजर वितरण गरेको छ ।
कोरोना भाईरस (केभिड–१९) को दोस्रो कहरको बेला समाजका सहयोगकारी हातवाट प्राप्त सहयोग र संस्थाका सदस्यहरुबाट संक्लन गरिएको रकमले राहत सहयोग गरेको समाजका अध्यक्ष श्यामसुन्दर सुतिहारले वताए । उहाँका अनुसार मृतक परिवार लगायत अति–विपन्न र अपाङता भएका व्याक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर रहत सहयोग गरेको वताए ।
खाद्य्यान्नहरुमा दाल, चामल, नुन, खाने तेल, तथा स्वास्थ्य सामग्रीमा माक्स र सेनिटाईजर विपन्न परिवारलाई निरन्तर वितरण गर्दै आएका भिलेज नेपालको जहदा गाउँपालिका शाखा अध्यक्ष एवंम ‘जीवन बचाऔं’ अभियानका अभियन्ता विष्णु राजवंशीले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]