बिराटनगर, आषाढ ६ गते । जानमार्ने उद्योगको मुद्दा प्रहरीले दर्ता नगरी मिलाउन दवाव दिएको आरोप कटहरी गाउँपालिका वडा नं. २ को संजय कुमार करुवाले लगाएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङको हलमा पत्रकार सम्मेलन गर्दै करवाले कुटपिट गर्ने विरूद्ध मोरङ प्रहरीमा ज्यानसम्बन्धी मुद्दा दर्ता नगरी उल्टै मिल्न दबाव दिने गरेको गुनासो गरेको हो ।
हुलाकी लोकमार्ग विस्तारको क्रममा कटहरी २ मा करवा र उचितलाल साह र उनको छोरा अजय साहसंग समान्य भनाभन भएपछि समान्य कुटपीट भएपछि घाईते करुवाले मुद्दा दर्ता गराउन गएका थिए ।
करुवाले शुरुमै हाटखोला चौकीमा कारवाहीको लागि ठाडो उजुरी दिए पछि पुनः सोही घटनामा ज्यानमार्ने मुद्दा दर्ता गर्न नमिल्ने भन्दै मिलापत्र गर्न प्रहरीले दवाव दिएको करवाको दावी छ ।
सडकको समान्य विवादमा करुवाले मलाई ढुगाले हिर्काउन खोज्दा अन्य व्यक्तिहरुले करुवाको हातवाट ढृुंगा खोस्दा सोही ढुंगालागि करुवा समान्य घाईते भएको उचितलाल साहले दावी गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]