राजेश कुमार राजवंशी
कटहरी, अषाढ १ गते । विराट राजवंशी प्रगतिशील समाजको कार्यालय कटहरी गाउँपालिका वडा नं. २ आदर्शटोलमा समुद्घाटन गरिएको छ ।
विराट राजवंशी प्रगतिशील समाजको केन्द्रिय अध्यक्ष अत्यानन्द राजवंशी सो कार्यालयको समुद्घाटन उदघाटन गरेको हो ।
कार्यालय समुद्घाटन गरेसंगै विराट राजवंशी प्रगतिशील समाज समेत गठन गरिएको छ । अत्यानन्द राजवंशीको नेतृत्वमा ९ सदस्य समिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा तिलकराम राजवंशी, सचिव सुनिल राजवंशी, सह–सचिव इन्द्रलाल राजवंशी, कोषाध्यक्ष देवराम राजवंशी रहेका छन् । त्यसैगरी सदस्यहरु मोहन राजवंशी, भरतराजवंशी, दुर्गेश राजवंशी, सुनिता देवी राजवंशी,दिनेश राजवंशी रहेका छन् ।
कार्यलय उदघाटनमा शुभकामना मन्तव्य राख्दै मोहन राजवंशीले भने विराट राजवंशी समितिलाई अगाडि बढाउन को लागि सम्पुर्ण विराट युवा एक भएर लाग्न आवश्यक छ ।त्यसैगरी सोही क्रममा इन्द्रलाल राजवंशीले हामी समाजलाई अगाडि बढाउनको लागि आर्थिक, शैक्षिक, राजनीति र जनचेतना मुलुक कार्यक्रम गर्नुपर्ने वताए ।
“प्रगतिशील शक्तिलाई जोडौं विराट राजवंशी समाजलाई उठाऔं देशको पहिलो स्थानमा ल्याऔ” भन्ने मुल नाराको साथ अगाडि बढीरहेको छ अध्यक्ष अत्यानन्द राजवंशीले बताए ।
उक्त कार्यालय उद्घाटन कार्यक्रमको उद्घोषण सुनिल राजवंशीले गरेका थिए भने कार्यक्रम अत्यान्नद राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]