विराटनगर, जेठ ३१ गते । झापा र ईलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय दमकबाट आईतवार खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।
त्यसैगरी प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका वडा नं. ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]