विराटनग, जेठ ३१ गते । विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई काश्यप ऋषि आयूर्वेद कम्पनीले उत्पादन गरेको सेनिटाईजरले ९९.९ प्रतिशत किटानुको निर्मलिकरण गर्दछ ।
काश्यप ऋषि आयूर्वेद कम्पनी प्राइभेट लिमिटेडले उत्पादन गरेको हेण्ड सेनिटाईजरमा इथानोल ७३ प्रतिशत, ग्लेसरीन २.५ प्रतिशत, हाइड्रोजन प्रोक्साइड प्यूरिफाईड वाटर ०.७ प्रतिशत र फ्रेगरेन्स ०.८ प्रतिशत मिलाएर बनाएको हुँदा निर्धक्क भएर प्रयोग गर्न ग्राहक वर्गमा प्रालिका निर्देशक संतोष साहले आग्रह गरेको छ ।
जोखिम तथा ज्वलनशील नभएको उच्चस्तरिय कीटाणुनाशक उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेतको प्रयोग गर्न सकिने सो उत्पादीत लिक्वीडले स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने कम्पनीले बताएको छ ।
काश्यप ऋषि आयूर्वेद कम्पनीले उत्पादन गरेको सेनिटाईजरले कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने कम्पनीको दावी छ ।
बजारमा कम्पनीले उत्पान गरेको ५ लिटर, १ लिटर, आधा लिटर र ११० मिलीग्रामको प्लाष्टी वोतल र स्प्रेमा सर्वत्र उपलब्ध गराएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]