बिराटनगर, जेठ ३० गते । कोशी अस्पताल विराटनगरले संचालन गरेको कोभिड–१९ यूनिटमा २३३ जना कोरोना संक्रमित भर्ना भएकोमा १४८ संक्रमित कोरोना माथि विजय प्राप्त गरी डिस्चार्ज भईको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चमनलाल दासले बताउनु भएको छ ।
कोरोना महामारीको दोस्रो लहर चलेपछि कोरोना संक्रमितका चाप बढेपछि विराटनगरमै कोभिड–१९ उपचार केन्द्र हुँदा हुँदै पनि कोशि अस्पताल भित्रै केही साता अगाडी कोभिड–१९ यूनिट संचालनमा ल्याएर संक्रमितको उपचार गर्न थालेको हो ।
अस्पतालमा दक्ष जनशक्ति रहेका कारण अन्य अस्पताल भन्दा कोभिड–१९ यूनिटमा राम्रो उपचार भएको सुपरिन्टेन्डन्ट डा.दासको दावी छ । संघन उपचारका निम्ति प्रदेश १ मा सञ्चालित ९ वटै कोभिड–१९ अस्पतालहरु बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुगेपछि कोभिड–१९ यूनिट जेष्ठ ७ गतेददेखि संचालनमा ल्याएको थियो ।
आवश्यक पूर्वाधारपछि अस्पतालमा, ५ शैय्याको भेन्टिलेटर सहितको आइसियू, २५ बेडको एचडीयू, अक्सिजन सहितको ६२ बेडको कोभिड–१९ यूनिट सञ्चालनमा ल्याएको थियो ।
कोशी अस्पतालको कोभिड–१९ यूनिट कोरोना संक्रमितको उपचार व्यवस्थीत तरीकाले भएको र उपचारमा खटिने डाक्टर, नर्स, लगायतका टिमले सेवाभावले कडा परिश्रमगरी गरेको उपचारको कारण बुवा कोरोना मुक्त भई डिस्चार्ज भएकोमा छोरा शंकर लुईटेले वताउँदै संक्रमितको उपचारमा खटिएको टिमलाई धन्यवाद दिएका थिए । उक्त कोभिड–१९ यूनिटमा हाल सम्म ९ जनाको मृत्यू भइसकेकोे छ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]