हिरालाल साह
बिराटनगर, ३० जेठ । आयूर्वेदिक औखतीहरु निशुल्क वितरण गरेतापनि आम सर्वसाधारण जनताको पहुँचमा पुग्न नसकेको गुनासो जिल्ला आयूर्वेद अस्पतलाका प्रमुख चिकित्सक डा. नृत्र बहादस। बस्नेतले वताएको छ ।
कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरको संक्रमणमा नेपालीको हजारौंको संख्यामा मृत्युको कारणबाट देश आक्रान्त भएको अवस्थामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ बिराटनगरले जनस्वास्थ्यका विभिन्न मापदण्डहरु आम जनतालाई उपलब्ध गराउँदै आएको छ ।
बस्नेतका अनुसार यस स्वास्थ्य केन्द्रबाट दैनिक रुपमा ४०÷५० जना सेवा लिन आउने गरेका छन् । सेवा ग्राही तथा बिरामीहरुलाई सरकारले निशुल्क ओ.पि.डी. र २३ किसिमको ओखती निशुल्क बितरण हुँदै आएको छ । ज्येष्ठ नागरिक तथा स्तनपायी आमाहरुको लागि विशेष प्याकेजमा थप पाँच किसिमको ओखती निशुल्क बितरण हुदै आएको वताए ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा १५ वटा बेड सहित प्राकृतिक चिकित्सा, योग, पंचकर्म र सर्जरीसम्मको सुबिधा रहेको भए पानि डाक्टर, नर्स, कर्मचारी, उपयुक्त सेटअप सहितको भवन तथा बजेट अभाव रहेकोले सेवा ग्राहिहरुले पुर्ण सुबिधा पाउन नसकेको कुरा डाक्टर निशान्त ढकालले बताए ।
आयूर्वेद अस्पतालमा १५ बेडको व्यवस्था रहेको छ । ओ पि डी सेवा, पंचकर्म, प्राकृतिक चिकित्सा, योगा तथा सर्जरी सबै सेवा दिनुपर्नेमा जम्मा स्टाप २१ जना मात्र भएकोले जनशक्ति अभाव संगै अस्पतालको उचित व्यवस्थापन गरी ऐलो पेथिक जस्तै आयुर्वेदको संजाल स्थानीय तह सम्म भए मात्र आयुर्वेदिक औखती आम जनताले प्रयोग गर्ने वहांको भनाई छ । उचित व्यवस्थापन नभएको कारण हाललाई सर्जरी बन्द गर्नुपर्ने बाध्यता रहेको छ । जम्मा १० करोड बजेटमा ८ करोड तलब खर्चनै हुन्छ बाँकि २ करोडमा ओखती तथा सामान्य खर्चेर सेवा दिनुपर्ने बाध्यता छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]