बिराटनगर, जेठ २४ गते । ‘जीवन बचाऔं’ अभियानले मोरंगको जहदा गाउँपालिकाको विपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य्यान्न सामग्री वितरण गरेको छ ।
कोरोना महामारीको वेला नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण मजदुरी गर्न समेत नपाएको विपन्न परिवारलाई खाद्य्यान सामग्री उपलब्ध गराउने उदेश्यका साथ भिलेज नेपाल शाखा कार्यालय जहादा वडा नं. १ र हातीबन्धा युवा क्लबले संयुक्त रुपमा संचालन गरेको ‘जीवन बचाऔं’ अभियानमा प्राप्त भएको सहयोग विपन्न परिवारलाई वितरण गरेको हो ।
कोरोनाको कहरका कारण नेपाल सरकारले लामो समय देखि लगाएको निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्न नसकेका जहदा गाउँपालिका वडा नं. १, २ र ३ का विपन्न तथा गरीब परिवारहरु राहत वितरण गरेको छ ।
कोरोना कहरको दोस्रो लहरको चपेटामा परेका गरिव तथा अति विपन्न परिवारहरुलाई दैनिकी हात मुख जोड्न समस्या भएपछि ती परिवारलाई ‘जीवन बचाऔं’ अभियान अन्तर्गत पालिकाका ३ वटा वडामा राहत सामग्री वितरण गरिएको भिलेज नेपाल शाखा कार्यालय जहदा गाउँपालिकाको अध्यक्ष विष्णु राजवंशीले वताए ।
राजवंशीका अनुसार वडा नं. १ मा ५३ घर, वडा नं. २ मा २४ घर परिवार र वडा नं. ३ को टिहली टोल, मुसहरी टोल, सन्थाल टोल, हाथीबन्धा टोल गरी १२ घरपरिवार गरी जम्मा ८९ घर परिवारलाई राहत स्वरुप खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
जीवन बचाऔं अभियानले वितरण गरेका खाद्य्यान्नहरुमा दाल, चामल, नुन, खाने तेल, तथा स्वास्थ्य सामग्रीमा माक्स र सेनिटाईजर वितरण गरेको हातीबन्धा युवाक्लबको अध्यक्ष पृतम राजवंशीले बताए राजवंशीले बताए । वहांका अनुसार ‘जीवन बचाऔं अन्तर्गत हाल जहदा, कटहरी र धनपालथान गाउँपालिका र विराटनगर महानगरपालिकाको विपन्न परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको छ ।
पहिलो चरणको लागि सहयोगी हातहरु आदर्श यूवा क्लवको अध्यक्ष आशिष साह, हृदय राजवंशी, जितु साह, संतोष साह, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल, विनिता सिंह, सरोज वानियाँ, सुजित कुमार ठाकुर, पन्नालाल राजवंशी, डा. अमर कुमार यादव, रमेश कुमार मण्डल लगायतलाई अभियान समूहले धन्यवाद ज्ञापन गर्दै अझ अभियानलाई सहयोग गर्न सहयोगी मनका धनीहरुलाई जीवन बचाऔं अभियान समूहले आग्रह समेत गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]