बिराटनगर, जेठ ११ गते । मानवलाई आकस्मिक सेवा दिने एम्बुलेन्समा गाँजा तस्करी हुन थालेको छ ।
सुनसरी धरान उपमहानगरपालिका वडा नं. २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेपछि एम्बुलेन्समा समेत गाँजा तस्करी हुने गरेको रहस्य खुलेको छ ।
सोमबार अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५÷२५ के.जी. को ४ वटा झोलामा १ सय केजी लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान उपमहानगर पालिका वडा नं. १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]