अक्सिजन ग्यास डिलरमा उपमेयरको अनुगमण
बिराटनगर, जेष्ठ ४ गते । कोरोना भाईरस संक्रमणको कारण बजारमा अक्सिजन ग्यास सिलिण्डरको अभाव भएको जनगुनासो आएपछि विराटनगर महानगर पालिकाकी उपमेयर इन्दिरा कार्कीको नेतृत्वमा अक्सिजन ग्यास डिलरहरुमा अनुगमण गरेको छ ।
कोरोना भाईरस संक्रमणको संख्या दिनप्रति दिन बढदै गइरहेको अवस्थामा महानगरपालिका भित्र अक्सिजनमा अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि उपमेयर कार्कीको नेतृत्वमा अक्सिजनका डिलहरुमा गरिएको हो ।
विनायक अक्सिजन इन्डष्ट्रिज र भाजुरत्न इन्जिनीयरिंग एण्ड सेल्स लिमिटेडले उत्पादन गरेको अक्सिजन ग्यास डिलरमा अनुगमन गरेपछि सर्वसाधारणले घरमै सिलिन्डर होल्ड गरेका कारण बजारमा असक्सिजन अभावभएको भ्रम सृजना भएको छ । अक्सिजनको अभावले गर्दा अरु विरामीहरुलाई असर नपर्ने गरी घरमा होल्ड गरेर राखिएको सिलिन्डरहरु कम्पनीका डिलरहरुलाई फिर्ता गर्न विराटनगर महानगरपालिकाकी उपमेयर कार्की आग्रह गर्नु भएको छ ।
उत्पादन धेरै गर्न सकिने अवस्था भएपनि सिलिन्डर अभावमा उद्योग आधा समयमा मात्रै सञ्चालन हुने गरेको विनायक अक्सिजनका मेनेजर दिपेश वरालले जानकारी गराउँदै अस्पतालमा बेड अभाव भएका कारण सर्वसाधारणले कोरोना सङ्क्रमितका लागि घरमै अक्सिजन सिलिन्डर होल्ड गरेका कारण अक्सिजनको समस्या देखिएको हो । तर सर्वसाधारणले घरमै सिलिन्डर होल्ड गरेन भने अक्सिmजनको अभाव नहुने वहांका दावी छ ।
सर्वसाधारण जो कोहीलाई पनि डाक्टरले लेखेको पूर्जाको अधारमा २४ घटै सिलिन्डर उपल्ब्ध गराउँदै आएको भाजुरत्न इन्जिनीयरिंग एण्ड सेल्स लिमिटेडलका अक्सिजन ग्यास विक्रेता दिपनारायण मण्डले वताए । अक्सिजन ग्यास सिलीण्डर होल्डमा नराखोस भनेर धरौटी र जरीवना समेत तोकिएको छ । अक्सिजन ग्यास सानो र ठूलो गरी दुई किसिमको हुन्छ । सानोमा १.५ क्युविक मिटर र ठूलोमा ७ क्यूविक मिटर ग्यास हुन्छ ।
ग्यास उद्योगले दैनिक ५ सय सिलिन्डर भरिरहेको छ । विनायकको रिफिल गरिएका सिलिन्डर र भाजुरत्न इन्जिनीयरिंगको रिफिल गरिएका सिलिन्डर विराटनगरका अस्पतालहरुमा आपूर्ति हुने गरेको छ ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]