विराटनगर, बैशाख ३० गते । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारहरुको उपचारको लागि कोभिड समन्वय कोषको स्थापना गरको छ ।
उक्त कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष संजीव खनालको संयोजकत्वमा सल्लाहकार शंकर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरी समिति गठन गरिएको छ ।
कोषमा महासङ्घका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरेको छ भने प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि सोही कोषमा थप गर्ने भएका छ । सो समितिले कोषमा सहयोगका लागि दाताहरूलाई समेत आह्वान गरेको छ ।
कोरोना सङ्क्रमणमा परेका सञ्चारकर्मीहरूलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासङ्घ अध्यक्ष खनालको संयोजकत्वमा ¥यापिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ ।
¥यापिड रेस्पोन्स टिममा सल्लाहकार शङ्कर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभयकुमार राई सहित कार्यसमिति सदस्यहरूलाई आवश्यक सहयोगका लागि जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी समाचार सङ्कलन तथा सम्प्रेषणका क्रममा सङ्क्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रबन्ध मिलाउनका लागि प्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासङ्घले ध्यानाकर्षण गराएको छ ।
कोरोना सङ्क्रमण भई आइसोलेसन केन्द्र र होमआईसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्य लाभको कामना गर्दै दैनिक स्थलगत समाचार सङ्कलन÷सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावश्यक काम बाहेक घरबाटै समाचार सङ्कलन तथा सम्प्रेषणका लागि महासङ्घले आग्रह गरेको प्रेसविज्ञप्तीमा उल्लेख गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]