बिराटनगर, बैशाख २८ गते । कोरोना भाईरस (कोभिड–१९) को महामारी चलि रहेको वेला सो महामारीबाट बच्नको लागि जनचेतना जगाउदै भिलेज नेपालले मास्क र सेनिटाईजर वितरण गरेको छ ।
जहदा गाउँपालिकाको वडा नं. १ को कोराना संक्रमित विष्णु राजवंशीलाई मास्के र सेनिटाईजर हस्तान्तरण गर्दै सोही वाटोमा मास्क नलगाई हिडेका वटु्वाहरुलाई मास्क वितरण गर्दै सिनिटाईजर प्रयोग गर्न सिकाएका थिए ।
त्यसगरी भिलेज नेपालले जहदा गाउंपालिका वडा नं. २ को भुटहामा राजेश राजवंशीका नेतृत्वमा सैयौ वटुवाहरुलाई मास्क र सेनिटाईजर वितरण गरेका थिए ।
भिलेज नेपालका कोषध्यक्ष मुकेश यादवको अध्यक्षतामा विराटनगर महानगर पालिका वडा नं. १४ मा पैदल र गाडीमा हिडेका वटुवाहरुलाई मास्क र सेनिटाईजर वितरण गरेको छ ।
उक्त मास्क र सेनिटाईजर वितरण कार्यक्रम भिलेज नेपालका सचिव हिरालाल साहको उपस्थितिमा र भिलेज नेपालका अध्यक्ष श्याम सुन्दर सुतिहारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]