बिराटनगर, बैशाख १६ गते । सुनसरी र मोरंगको विभिन्न स्थानवाट लागु औषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनको विवरण अनुसार सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उपमहानगर पालिका वडा नं. ९ का ३५ बर्षीय मुन्ना खान भनिने अलि मुजुजा अहमदलाई पक्राउ गरेको हो ।
अहमदको साथवाट डाईलेक्स डीसी १०० एमएल को १५ बोतल र एसपामो प्रोक्सभोन प्लस ७२० क्याप्सुल लागुऔषध बरामद भएको थियो ।
त्यसैगरी मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकाश थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् ।
धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका वडा नं. ६ आमबारी चोकबाट नेटराभेट १० एमजी ५४ क्याप्सुल, टरमाडोल ९८ क्याप्सुल, स्पासपेन १४ क्याप्सुल र ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगर पालिका वडा नं. १६ दरैया स्थित राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबै उपर थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]