बिराटनगर, बैशाख १४ गते । दोस्रो चरणको कोभिड–१९ को संक्रमण बढी रहेको वेला प्रदेश नं. १ को समाजिक विकास मन्त्री उषाकला राईले मास्क किन नलगाएको प्रश्न गर्दै बटुवाहरुलाई मास्क लगाई दिएर जनचेतना अभियान संचालन गरेको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगरको बस पार्कमा ‘जनस्वास्थ्य मापदण्ड पालना गरौं आफू बचौ, अरुलाई बचाऔ’ नाराका साथ कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सो अभियान समाजिक विकास मन्त्रालयको आयोजनामा शुभारम्भ भएको हो ।
उक्त अभियानमा मन्त्री राईले भने कोभिड–१९ बाट बच्नका लागि एकमात्र उपाय हो स्वास्थ्य मापदण्ड अनुसार मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने लगायत रहेकोले यस अभियानमा नेपाल स्काउट, नेपाल प्रहरी, ट्राफिक प्रहरी, पत्रकार समाजिक संघ–संस्था, राजनीति कर्मी सबैले सहयोग गर्नु पर्ने वहांको भनाई थियो ।
सोही अवसरमा सडकमा मास्क नलगाएका बटुवाहरुलाई मास्क लगाई दिएर मास्क र सेनिटाईजर वितरण गरेका थिए । उक्त अवसरमा प्रमुख जिल्ला अधिकार, समाजिक अभियन्ता, पत्रकार, राजनीतिकर्मी, स्काउट, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको उपस्थिति रहको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]