सुनसरी, बैशाख ९ गते । सुनसरीको ईटहरी उपमहानगर पालिका वडा नं. ९ स्थित राजमार्गबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु परामद गरिएको छ ।
बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ पिस ,गम्छा ३२५ पिस र बेहुलीको साडी ९७ पिस फेला पारी बरामद गरेको हो ।
यसरी बरामद गरिएको लत्ताकपडा, ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धार क्षेत्रिय कार्यालय ईटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]