बिराटनगर, चैत २० गते । बिराटनगर महानगर पालिका वडा नं. ६ र वडा नं. ११ मा पर्ने सुनसरी मोरंग सिचाई आयोजनाको नहरमा बनेको बक्स कल्भर्ट एक कार्यक्रमको आयोजना गरी बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गरेको छ ।
समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी पराजुलीले नहरमा बनेको पक्की बक्स कल्भर्ट निर्माण कार्य समयमै सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै ठेक्कादार कम्पनी आशिष निर्माण सेवालाई धन्यवाद दिदै अन्य विकास निर्माणका कार्यहरु समयमै सम्पन्न गर्न आग्रह गरेका थिए ।
उक्त कल्भर्ट निर्माणका लागि ऐशियन डेभलपमेन्ट बैकको ७०.८ प्रतिशत, नेपाल सरकारको २३ प्रतिशत र विराटनगर महानगर पालिकाको ६.२ प्रतिशत लगानी गरेको थियो । सो कल्भर्ट बनाउन कुल खर्च ६२ लाख लागेको छ ।
सो बक्स कल्भर्टको लम्वाई १२.५ चौडाई ५.३० मिटर र उचाई २.८० मिटर रहेको कन्ट्र्याक्टर मेनेजर रविन्द्र कुमार ठाकुरले बताए । सो कार्यक्रमा वडा नं. ११ का वडा अध्यक्ष तिर्थेन्द्र नेउपाने, वडा नं. ६ का वडा अध्यक्ष विजय कामत र वडा नं. १२ को वडा अध्यक्ष हिरालाल कामत लगाय स्थानिय बासीको उलेख्य उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]