विराटनगर, चैत १९ गते । नेपाल पत्रकार महासंघको केन्द्रिय, प्रदेश र जिल्ला शाखाहरुको २५ गते हुने निर्वाचनको लागि नेपाल पत्रकार महासंघको प्रदेश नं. १ को निर्वाचनमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ भने संयुक्त प्यानलबाटै वागी उम्मेदवारी समेत परेको छ ।
प्रदेश नं. १ पत्रकारहरुको निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले रहेका छ ।
त्यसैगरी खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी छ । खुल्ला उपाध्यक्षमा अर्जुन जम्मेली, रोहित कुमार राई र लवदेव ढुंगाना उम्मेदवारी दर्ता गराएका छन् । महिला उपाध्यक्षमा कोकिला ढकाल र हिमा कुकारी चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् । महासचिवमा फिफराज वेगा लिम्बु, विवेक गौतम, बन्धु पोखरेल र शिशा राई (श्रीप्रसाद) को उम्मेदवारी परेको छ । खुल्लातर्फ सचिबमा कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बुको उम्मेदवारी परेको छ भने समावेशी सचिबमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचाल गरी तीन जनाले उम्मेदवारी दर्ता गराई सकेको छ । ५ जना खुल्ला सदस्य पदको लागि १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरूमा कमल रिमाल, केशर बहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज (प्रवास) उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई र सुरेन्द्र भण्डारीले रहेका छन् ।
त्यसैगरी तीन जना महिला सदस्य पदको लागि देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठक सहित
दलित सदस्यमा पिबी दियाली र रणध्वज लोहारले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमन कुमार दनुवारले उम्मेदवारी दर्ता गरएका छन् ।
सोही निर्वाचनमा दुई जना मधेशी सदस्य पदमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादव र सुर्यनारायण यादव सहित ५ जनाले उम्मेदवारी हालेका छन् ।
अल्पसंख्यक सदस्यमा तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष र समावेशी सचिव बाहेक सबै पदमा संयुक्त प्यानलवाटै वागी उम्मेदवारी परेको छ ।
उम्मेदवारको प्रकाशित नामावली उपर दावी विरोधको समय चैत २० गते दिउँसो १ बजेसम्मका लागि तोकिएको निर्वाचन समितिले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]