बिराटनगर, चैत १८ गते । राष्ट्रिय आदिवासी जनजाति यूवा महासंघले बुटवलमा हुने पाँचौ आदीवासी जनजाति यूवा महासंघ नेपालको महाधिवेशनमा भाग नलिने घोषणा गरेको छ ।
राष्ट्रिय आदिवासी जनजाति यूवा महासंघको अध्यक्ष प्रभाग कुमार खवास र उप महासचिव तिलोक सिह पुल्लुङहाङ देवानले प्रेस विज्ञप्ती जारी गर्दै चैत २० र २१ गते बुटवलमा हुन गई रहेको आदिवासी जनजाति यूवा महासंघको महाधिवेशन पार्टीगत, राजनीतिक, गुठगत, स्वतन्त्र नेतृत्व, उच्चस्थ पदाधिकारीहरुको संकिर्न विचार र भेदभाव नीति एवं विधान विपरीत भई रहेको महाधिवेशनमा सहभागी नहुने भएको छ ।
आदीवासी जनजाति यूवा महासंघ नेपालको महाधिवेशनको विरोघ र बहिष्कार गर्दै राष्ट्रिय आदिवासी जनजाति यूवा महासंघका पदाधिकारीहरुले कुनै पनि भेला, बैठक लगायतका गतिविधीहरुमा सहभागी नहुन समेत पे्रस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]