बिराटनगर, चैत ६ गते । कोरोना भाईरसको महामारीले विश्वको सबभन्दा प्रभाव पारिएको पर्यटन क्षेत्रलाई पुर्नजिवित गरी आन्तिरिक पर्यटनलाई पूर्वत अवस्थामा फर्काउन एक्स्प्लोर ईष्ट (अन्वेषण पूर्व) नाराका साथ मोटर ¥याली हुने भएको छ ।
बिराटनगरबाट २०७७ साल चैत १२ गते प्रारम्भ हुने मोटर ¥याली बर्दिवास, घुमरी हुँदै फाफ्लुसम्मको चार सय किलोमिटरको यात्रा तय गरी सोहीवाट हुँदै १४ गते पुनः बिराटनगर आईपुग्ने मोटर ¥याली आयेजना समितिका संयोजक सुभम भट्टराईले जानकारी गराएको छ ।
जम्मा ८ सय किलो मिटर दुरीको यात्रा हुने छ । सो प्रतियोगितामा एउटा मोटरमा ४ जना सवारी रहने गरी जम्मा १५ वटा मोटरको सहभागीता रहने र ¥यालीमा प्रतिव्यक्तिलाई १५ हजार सहभागिता शुल्क लाग्ने छ भने आयोजकले सहभागीहरुका लागि फाफ्लुमा दुई रात्रीको बासको साथै यात्रामा सहभागिहरुको लागि खाना, खाजा र प्रमाण पत्रको व्यवस्था गरिएको नेपाल युवा उद्यमी मंच, विराटनगर च्याप्टरको अध्यक्ष सृजन प्याकुरेल जानकारी गराएका थिए ।
आयोजकले आफ्नो छुट्टै मौलिक पहिचान र भौगोलिक वनावट भएको तराई, पहाड र हिमालको पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडि पर्यटन प्रवद्र्धनमा मोटर ¥यालीले सहयोग पु¥याउन अपेक्षा लिएको छ ।
पर्यटन स्थलको अन्वेषण, आन्तरिक पर्यटन प्रवद्र्धन र सो क्षेत्रको विकासको लक्ष्य लिई संचालन हुने प्रतियोगिता कन्ट्रोल लुव्रिकेण्टले मुख्य प्रायोजक कन्ट्रोल लुव्रिकेन्टस रहेको छ भने माउन्ट, भिल्ला, आरसी कोला, जी पावर र ओल्ड मकको सह प्रायोज रहन भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]