बिराटनगर, चैत्र २ गते । भारतको विहार राज्यको मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ ।
ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङको जहदा गाउँपालिका वडा नं. १ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा बरामद गरेको हो ।
बरामद गरेको मदिरामा उंमग ५७ काटुन, पलपल ४० काटुन, सोफीका ३७ काटुन, हरपल १ सय ५२ काटुन र कार्टुनमा प्याक नभएको १९९५ बोतल मदिरा रहेको छ । सो स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेको थियो ।
भारितय नम्बर प्लेटको डब्लुबी २० जेड १०८७ नम्बरको कार र ४ वटा मोटरसाईकल सहित शिबलाल रायलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]