बिराटनगर, चैत २ गते । पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयमा देश भारत जिल्ला अररिया मिरगन्ज बस्ने बर्ष २६ को मोहमद सजाद र बर्ष २१ को ईमरोज आलमलाई राजश्व चुहावट गरेको आरोपमिा पक्राउ गरेको हो ।
ती दुवैजनाले को १ ख ५९१२ नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानून विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईतवार राजश्व चुहावट गर्ने २ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]