बिराटनगर, फाल्गुण २१ गते । नेपाल पत्रकार महासंघ मोरङ शाखाको शुक्रबार सम्पन्न बैठकले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार सूचना क्षेत्रका अभियन्ता धर्मेन्द्र झा र षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार मोहनकाजी न्यौपानलाई प्रदान गर्ने निर्णय गरेको छ ।
झालाई प्रदान गर्ने पुरस्कारको राशी ५० हजार ५१ र प्रमाणपत्र रहेको छ भने न्यौपानेलाई दिने पुरस्कारको राशी १५ हजार १५ र प्रमाण पत्र रहेको छ ।
झा नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय अध्यक्ष हुनु हुन्छ भने मेचीनगर पालिका वडा नं. १०, धुलाबारी बस्ने न्यौपान नेपाल पत्रकार महासंघ झापाको पूर्वअध्यक्ष तथा लोकतन्त्र पोस्ट दैनिकको सम्पादक हुनुहुन्छ ।
वहांहरूलाई सूचना अधिकारको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै यी दुई पुरस्कार दिने निर्णय गरिएको हो । महासंघ मोरङ शाखाले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७५ बाट शिव गाउँलेलाई सम्मानित गरेको थियो । त्यस्तै, सोही पुरस्कार २०७४ सालमा तारानाथ दाहाल र २०७३ सालमा विनय कसजूलाई प्रदान गरिएको थियो । प्रोत्साहन पुरस्कार यसअघि गणेश लम्साल र राजु श्रेष्ठलाई प्रदान गरिएको थियो ।
अहिले वितरण गर्न लागिएको पुरस्कार गत वर्षको चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गर्नेगरी तयारीसमेत गरेको अवस्थामा कोभिड–१९ र चैत ११ गतेदेखिको लकडाउनले गर्दा रोकिएको थियो ।
पुरस्कार हरेक वर्ष चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा प्रदान गर्ने प्रचलन रही आएकोमा यस वर्ष महासंघको निर्वाचन तालिका प्रकाशित भई कार्यक्रम प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै यही फागुन २८ गते, शुक्रबार पुरस्कार वितरणको कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ । सोही दिन दुवै जनालाई उक्त पुरस्कारबाट सम्मानित गरिने भएको छ ।
अधिकतम खुला र पारदर्शी बनाई विधिको शासन स्थापित गर्ने अस्त्रको रूपमा सूचनाको हक एक सशक्त माध्यम हो । विश्वका सयभन्दा बढी मुलुकले यसलाई प्रजातन्त्रको प्राणवायुको रूपमा प्रयोग गर्दै आइरहेका छन् । नेपालमा पनि नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नका लागि विभिन्न अभियन्ताले काम गर्दै आएको सन्दर्भमा त्यस्ता अभियन्ताहरूलाई थप प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले रु. ७ लाखको अक्षयकोष वि सं. २०७३ सालमा खडा गरेको थियो ।
उक्त कोष सूचनाका अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर महानगर पालिका वडा नं. ११ निवासी केदार बस्नेतले आफ्नी दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गर्नु भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]