बिराटनगर, फाल्गुण १६ गते । एक ११ बर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको जिल्ला मोरंग जहदा गाउँपालिका वडा नंं १ धुनिटोल बस्ने ४५ वर्षिय बोज भन्ने राजेन्द सरबरियालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न सरबरियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फाल्गुण १५ गते सुनसरी साहेबगंज सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।
सरबरियाले सो बालिकालाई फाल्गुण ६ गते साझ ललाई फकाई मकैबारी लगी जबरजस्ती करणी गर्न खोज्दा बालिका भागेर गाउँमा हल्ला गरेपछि सरबरिया फरार भएको थियो ।
सो घटना सोही ठाउँ बस्ने मिथलेस सरबरिया र पर्शुराम सरवरीयाले मिलाउन दवाव दिदै दिई रहेकोको मौसी पार्वती मुखियाले वताएदै सो घटना दवाए अपराधीले अझ गाउँमा अझ घटना गराउन सक्छ भन्दै फाल्गण १३ गते इलाका प्रहरी कार्यालय रानीमा जबरजस्ती करणी गरेको उद्योगमा निवेदन दिएपछि मिलाउने दुबैलाई तत्काल पक्राउ गरेको थियो ।
जबरजस्ती करणी उद्योगमा पक्राउ परेको राजेन्द्र सरबरीयालाई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई जवरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]