विराटनगर, फागुन १६ गते । बिराटनगर महानगरपालिका वडा नं. १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका वडा नं. २० का २० बर्षीय रोहित पण्डित, वडा नं. १६ का २१ बर्षीय अजय यादव र वडा नंं. ६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् ।
शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर महानगर पालिका वडा नं. ६ बाट सकुशल उद्धार गरेको हो ।
मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]