बिराटनगर, फाल्गुण १५ गते । दुई राजनीतिक पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल मोरंगमा दुई समूहमा विभाजित भएवको छ ।
जनता समाजवादी पार्टी (राजपा) समूहले मोरंगमा समायोजन घोषणा तथा सपथ ग्रहण कार्यक्रमको आयोजनागरी मोहम्मद कादिरको अधयक्षतामा जनता समाजबादी पार्टीले २ सय ५१ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी (जससफो) समूहले फल्गुण ११ गते मंगलवारका दिन मोरंगमा समायोजन घोषणा तथा सपथ ग्रहण कार्यक्रमको आयोजनागरी मोहम्मद कादिरको अधयक्षतामा जनता समाजबादी पार्टीले २ सय ५१ सदस्य जिल्ला कार्य समिति चयन गरेको थियो ।


मोरंग जिल्लामा दुवै पार्टीको समायोजन गरी राजपा समूहले जिल्ला वा महानगर आफ्नो हुनुपर्ने अडान राख्दै नयाँ समुहको भेला गरी संघिय समाजवादी फोरम नेपाल समूहलाई काउन्टर दिदै जनता समाजवादी पार्टी नेपालका नेताहरुले जिल्ला कार्यसमिति घोषणा गरेको हो ।
राजपा समूहको भेलाको प्रमुख अतिथी केन्द्रिय नेता डा. सुरेन्द्र कुमार झा रहेका थिए भने केन्द्रिय नेता अमरेन्द्र साहको अध्यक्षतामा भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]