झापा, माघ २६ गते । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा वडा नं. ९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् ।
पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नंं. २ बाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बि.क.को साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, घरकोठामा रहेको दराज भित्रवाट २ लाख ८ हजार दुई सय रपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ आठ लाख ३० हजार ३ सय ५ रुपैयाँ गरी जम्मा १३ लाख ९५ हजार २ सय १५ रुपैयाँ नगद बरामद भएको छ ।
त्यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान, अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान मोबाईल बरामद भएको छ ।
ठगीको आरोपमा पक्राउ परेका बि.क.लाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]