विराटनगर, माघ १४ गते । प्रदेश नं. १ को ८ जिल्लामा १९ खोप केन्द्रबाट कोरोना खोप शुभारम्भ भएको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक कार्यक्रम बीच कोशी अस्पतालका सुपरिटेण्डेन चुमनलाल दासलाई उक्त कोभिशिल्ड खोप लगाएर सुरु गरिएको थियो ।
त्यसैगरी कोशी अस्पतालकै फिजिसियन डाक्टर दिपक सिग्देललाई पनि खोल लगाइएको थियो । खोप लगाएपछि प्रतिक्रिया दिँदै डाक्टर सिग्देलले खोपले कुनै साइड इफेक्ट नगर्ने, यदि त्यो भएमा त्यसको उपचारको लागि व्यवस्था समेत रहको वताए ।
उक्त अवसरमा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले काभिड खोप उत्पादन भएका डेढ महिनामा सार्क राष्ट्र मध्ये खोप लगाउने दोस्रो राष्ट्र भएको वताउंदै यस सन्दर्भमा सरकारको सरहना गरेका थिए ।
कोभिडशिल्ड खोप पहिलो चरणमा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका ३५ हजार ५ सय ७६ जनालाई लगाइने छ । पहिलो चरणमा ५८२ जना डाक्टरलाई खोप लगाउने तयारी गरिएको छ । मोरङमा ५, सुनसरीमा ४, झापामा ३ इलाममा ३ र अन्य जिल्लामा १÷१ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।
कोरोना विरुद्धको खोप अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप दिइने छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाउन शुरु गरिएको हो । खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । नेपाल सरकारले कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो ।
कुनै भवितव्य भएमा त्यसको जिम्मेवार नेपाल सरकार नहँुने यसअघि नै बताइसकेको छ ।
कोभिडशिल्ड खोप बायाँ पाखुरामा लगाइन्छ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । त्यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाव दिएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले कोभिडशिल्ड खोप लगाउने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]