विराटनगर, माघ १० गते । मधेशी जनताको अधिकारको अवाज उठाउने प्रणेताको रुपमा चिनिएको स्व. गजेन्द्र नरायण सिंहको १९ औं स्मृति दिवसको अवसरमा मधेशी जनताको अधिकारका लागि एकताको आवश्यकता रहेको औल्याएका छन् ।
गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान शाखा कार्यालय मोरंगले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी पूर्व उपप्रधान मन्त्री बद्री प्रसाद मण्डल सो कुरा भन्दै मधेशी राजनीतिक दलमा देखिएको झैझगडा, आपसी मनमुटाउको राजनीति छोडेर जो जहां भएपनि मधेशी जनताको लागि आवाज उठाए मात्र सच्चा सिंह प्रतिको श्रद्धाञ्जली हुने वताए ।
सिंहले उठाएको प्रमुख एजेन्डाहरुमा नागरिकता समस्या, आरक्षण (समानुपातिक समावेशिता), जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सघीयता रहेका थिए । सिंहको त्याग इमानदारी एवम् विचारलाई ओझेलमा पारेर मधेशी दलहरु व्यक्तिगत स्वार्थमा लागेर असफल बन्दै गई रहेको वताए ।
त्यसैगरी पत्रकार रामरिझन यादवले भने मधेशीको अधिकार सुनिश्चित गर्ने हो भने मधेशीहरु छोरा–छोरीलाई डाक्टार, इन्जिनियर, अमिन लगाई टेकनिकल पढाईले हुँदैन छोराछोरीलाई प्रशासन, कानुन, राजनीति लगायतको पढाईमा ध्यान दिनुका साथै नेता लगायत प्रत्येक मधेशी जनताले अध्ययन शिल हुर्नु पर्छ वताए ।
उक्त स्मृति दिवसमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष मो.कादिर, सजपाका नेताहरुमा रामचन्द्र यादव, मन्तलाल यादव, नन्दलाल मण्डल, श्यामनन्दन शर्मा लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा तीनजनालाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।
स्मृति दिवस जगरनाथ राजवंशीको अध्यक्षतामा भएको थियो भने स्मृति प्रतिष्ठान मोरंगका संयोजक सुरेश मण्डल रहेको छ ।
गजेन्द्र नारायण सिंहको छोटो परिचय
गजेन्द्र नारायण सिंहको वि.स. १९८६ सालमा सप्तरीको कोईलाडी गाविसमा भएको हो । भगवान रामको जन्म दिनमै बुबा स्व. के.सी.सिंह र आमा स्व.राधादेवीको कोखिबाट जन्मेका गजेन्द्र बाबु मरेर पनि अमर रहेका छन् ।
भारतको बनारसबाट आईए उतिर्ण गरेका सिंह २००७ सालदेखि नेपाली काग्रेसमा आवद्ध भई राजनितिक क्षेत्रमा प्रवेश गरे । उनी २०३३ सालसम्म नेपाली काग्रेसका सक्रिय भएर लागेका थिए ।
२००७ साल जेठ १९ गते १८ वर्षकै उमेरमा सिंह जेल चलान भएको तथा ७ वर्ष सम्म जेलमै जीवन उनले बिताए ।
२०१८ सालदेखि २०२९ साल सम्म भारतमा प्रवासी जीवन बिताएका उनी २०३४ सालमा पूर्वाञ्चल संयोजक भएका थिए ।
२०३६ सालको जन्मत संग्रहमा निर्दल विरूद्ध संघर्ष गरेका उनी २०४० सालमा नेपाल सद्भावना परिषद गठन गरेका थिए ।
परिषदका संयोजक आफै रहेका सिंह २०४३ सालमा राष्ट्रिय परिषदको चुनाव जिति प्रतिनिधि सभामा भाग समेत लिएका थिए । त्यस पश्चात उनी २०४७ सालमा नेपाल सदभावना पार्टी गठन गरि २०५३ साल सम्म पार्टीको अध्यक्ष पदको जिम्मेबारी सम्हालेका थिए ।
२०४८ सालदेखि २०५३ सालसम्म सप्तरी संसदीय क्षेत्र नंं. २ बाट प्रतिनिधि सभामा विजयी भएका उनी २०५२ साल भदौ महिना पछिको संयुक्त सरकारको गठन पछि निरन्तर रूपमा मन्त्री बने ।
उनी विभिनन समयमा आपूर्ति, स्थानीय विकास, उद्योग, विज्ञान तथा प्राविधि मन्त्री भए । उच्च रक्तचापका कारण २०५८ माघ १० गते उनको निधन भयो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]