विराटनगर, माघ ३ गते । फोटोग्राफीका समान चारी गरी फरार रहेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चोक बस्ने बर्ष २० को अनुप ढकालले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २० मलाम स्थायी घर भई ‘योर डिजिटर फोटो गुड्स सेन्टर’ संचालक बर्ष २८ को विमल कार्कीलाई फोन मार्फत विराटनगरमा हाम्रो भब्य फेसन सोमा फोटो खिच्ने कार्यको लागि बोलाईएको थियो ।
इसेवाबाट पौष २४ गते ४ हजार पेश्की समेत पठाई बोलाएकोमा विमल कार्की पौष २५ गते पोखराबाट आई जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं. १ स्थित आर एन होटल एण्ड लजको ११४ नम्बर कोठामा फोटो ग्राफी सम्बन्धी सम्पूर्ण सामाग्रीहरू राख्न लगाएका थिए ।
बरामद सामाग्रीहरूमा, क्यामरा लाईट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ थान, ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्याप टप १ थान, झोला ७ थान, क्यामरा ३ थान, लाईट १ थान रहेका छ ।
खाना खाने बहानामा जिल्ला सुनसरी ईटहरी स्थितमा रहेको प्राईम होटलमा लगी बिमल कार्कीलाई त्यही छाडी उक्त आर एन होटलबाट फोटोग्राफी सम्बन्धी सामाग्री चोरी गरी फरार भएको थियो ।
फरार रहेको अनुप ढकाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निजको आफ्नै घरबाट माघ १ गते पक्राउ गरी ढकाललाई सहयोग गर्ने सोही स्थान बस्ने बर्ष २० को साराम्स भट्टराईलाई समेत पक्राउ गरी चोरी कसूरमा थप अनुसन्धान कार्य भई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]