विराटनगर, माघ १ गते । ग्यासबाट हुने सक्ने दुर्घटना न्यूनिकरणका लागि ग्यास विक्रेता संघ मोरंगले एलपी ग्यास उपभोक्ता सचेतना अभियान संचालन गर्दै आएको छ ।
सोही अभियान अन्तर्गत माघ १ गते विहीवारका दिन नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा प्रविधिक महेश पन्तले भने ग्यास सिलिण्डर प्रयोगमा गरिएको असाधानीले धेरैको ज्यान समेत गएकोले समाजमा उपभोक्ता संचेतना आवश्यक रहेको वताएका थिए ।
विक्रेतावाट ग्यास सिलेण्ड लिन वितिकै सिलिण्डरलाई कतै लिक छ कि भनेर जांच गर्न जरुरी छ सो चेक गर्न साबुन पानीले ग्यास सिलिण्डरबाट ग्यास निष्कने ठाउं चेक गर्नपर्छ, त्यसपछि ब्राण्डेड पाईपको प्रयोग, रेगुलेटर लगाउने तरीका, ग्यासवाट हुन क्षतिलाई रोक्ने तरीकाहरु सिकाएका थिए ।
उपभोक्तालाई सचेत गराउने काम राज्यको दायित्व भएकोले प्रदेश सरकारसंग कुरा भएको भन्दै प्रदेस सरकारको सहयोग भए १४ वटै जिल्ला सचेतना कार्यक्रम संचालन गर्ने एलपी ग्यासं संघ मोरंगका अध्यक्ष सरलराज पोखरेलले जानकारी दिएका थिए ।
अहिले विराटनगर महानगर पालिकाको विभिन्न ठाउंहरुमा ग्यास उपभोक्तहरुलाई सचेतना दिदै आएको संघका कोषाध्यक्ष गणेश साहले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]