विराटनगर, पौष २७ गते । अबैध लागु औषध खैरो हिरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ
जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १० शान्ति चौक स्थितमा विशेष सुचनानको आधारमा लागु औषध नियन्त्रण व्युरो शाखा बिराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २२ को धर्मेन्द्र रजक र देश भारत अररिया पिपराघाट बस्ने वर्ष २२ को मोहम्द अफरोजलाई पक्राउ गरेको हो ।
ती दुवैको साथ बाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने ४ ग्राम ५९० मिलि ग्राम पदार्थ फेलापारी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]