विराटनगर, पौष २० गते । लागुऔषध सहित तीनजनालाई प्रहरीले विभिन्न स्थानवाट पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १६ हुलास चोक स्थित लागु औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३२ को कुशल चौधरीलाइ चेकजाँच गर्ने क्रममा लागुऔषध फेलापरेपछि पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको साथबाट लुपिजेसिक–६ एम्पुल, एभिल–६ एम्पुल, डाईजेलाब–६ एम्पुल, फेनारगन–६ एम्पुल गरी २४ एम्पुल लागुऔषध वरामद गरेको छ ।
सोही दिन उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका वडा नं. २ बस्ने बर्ष २४ को अनिल कुमार राईलाई लागुऔषध सहित पक्राउ गरेका छ ।
पक्राउ परेका राईको साथबाट लुपिजेसिक ८, एभिल ८, डाईजेल्याव ८ र फेनारगन ८ एम्पुल गरी ३२ एम्पुल अवैध लागु औषध फेला पारेको थियो ।
त्यसैगरी जिल्ला मोरङ सुनबर्सी नगरपालिका वडा नं. ८ हर्सनगडी चोक स्थितमा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको पैदल यात्री जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने बर्ष २८ को अनिश नेपालीलाई चेकजाँचको क्रममा निजको साथबाट नाईट्रोभेट ट्याब्लेट २३ पिस, क्ष्एएी ६ एम्पुल, डाईजोल्याव ६ एम्पुल, फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल अवैध लागु औषध सहित पक्राउ गरेको हो ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले फेला पारी निजलाई लागु औषध सहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तीनै जना उपत्रर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]