विराटनगर, पौष १८ गते । विराटनगर महानगर पालिका वडा नं. १० को सहकार्य र तुलसी प्याथोलोजी ल्याव एण्ड क्लिनिकका आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विराटनगर महानगर पालिका वडा नं. १० स्थित मार्टस मेमोरियल माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा मुटु रोग विशेषज्ञ डा.सरवेश झा र स्त्री तथा प्रसुती विशेषज्ञ डा.रिया किरण केसी, हाडजोर्नी थत नशा रोग विषेशज्ञ डा. राम कुमार यादव, छाला, यौन, चर्म तथा कुष्ट रोग विषेशज्ञ डा. तपन प्रधान र मानसिक रोग विशेषज्ञ डा. प्रभात चालिसे स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा आर एफ टि, सिविसि, ब्लड सुगर, यूरिन टेष्ट, एल एफ टि, लगायतका जाँचमा ३० प्रतिशत छुट, थाईराइड र सुगर जांच गराउँदा ५ सय ५० शुल्क लाग्ने तुलसी प्याथोलोजि ल्याब एण्ड क्लिनिकका प्रबन्धक निर्देशक कैलाश कुमार साहले वताए ।
उक्त शिविरमा १ सय ५ जनाले स्वास्थ्य परिक्षण गरी लाभ लिएका थिए । विभिन्न संघ संस्थाहरुसंग सहकार्यगरी अन्यवडाहरुमा पनि स्वास्थ्य शिविर संचालन गर्ने साहको लक्ष्य छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]