विराटनगर, पौष १० गते । नेपाल सरकारले गर्न लागेको राष्टिय« जनगणना अभियान २०७८ मा आ–आफ्नो जाती, भाषा र पहिचानलाई स्थापति गर्न एकताको आवश्यकता भएको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
राष्ट्रिय जनगणना २०७८ अभियान नाम दिएर विराटनगरको रामजानकी मन्दिरमा भएको अन्तरक्रिया कार्यक्रममा करीब दुई दर्जन पिछडा वर्ग (ओविसी) मा पर्ने जातिय संघ संस्था, कानुन व्यवसायी, राजनीतिक दलका प्रतिनीधि, पत्रकार वक्ताहरुले एकताको आवश्यकता महसुश गर्दै प्रचार प्रसारमा जोड दिनु पर्ने भनाई राखेका थिए ।
राष्ट्रिय योजना आयोगले राष्ट्रिय जनगणनाका लागि स्वीकृत गरिएको प्रश्नावलीहरुका वारेमा बृहत अन्तरक्रियामा अधिवक्ता रामलाल सुतिहारले भने जनगणनामा जुन जाति, भाषा, लगातको उपस्थिति वढी हुन्छ सोही अनुसारको बजेट निर्माणलगातको कार्य राष्ट्रले गर्ने भएकोले अहिले सम्मको तथ्यांक मिथ्याक भएकोले २०७८ को जनगणनामा सत्य तथ्य रुपमा आ–आफ्नो भाषा, जाति र पहिचान उल्लेख गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यसैगरी अधिवक्ता संजु साले जनगणना राष्ट्रको ऐना भएकोले अहिले सम्म खास गरी मधेशमा बसोवास गर्ने पिछडावर्गका जातजातिहरुको तथ्याक भद्रगोल भएको छ । त्यसैले अवको जनगणनामा पिछडावर्गका मानिसहरुले वोलिने मगही, अवधी र भोजपुरी जे वोल्छ त्यही उल्लेख गरी जाति र पहिचान स्पष्ट खुलाउनु पर्ने वताए ।
केवट, सुडी, बैश्य, बढई, यादव, सोनार, हजाम, हलुवाई, नुनियां, कुशवाह लगायतका जातिय संघ संगठनका प्रतिनिधीहरुले जनगणनाको लागि छनौट गरीएको प्रश्नहरुको वारेमा मन्तव्य राखेका थिए ।
उक्त राष्ट्रिय जनगणना २०७८ अभियान अन्तरक्रिया कार्यक्रमको संचालन तुलसी साहले गरेका थिए भने सोे कार्यक्रम भाषा संस्कृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष जय प्रकाश महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]