तेह्रथुम, पौष ५ गते । तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबादमा एक जनाको मृत्यु भएको छ ।
घर जग्गाको विषयमा झै–झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् ।
शुक्रवार कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झै–झगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि घई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]