विराटनगर, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो ।
उक्त आगलागीमा परी निजको श्रीमती ३२ बर्षीया ईन्दु देवी तत्मा र निजकै छोरा ७ बर्षीय किशन कुमार तत्मा घाईते भएका छन् । घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सो आगलागीमा परी निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जल्दा निजको अन्दाजी ४ लाख बराबरको क्षति भएको र उक्त आगलागी बिराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको ऊक्त कार्यालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]