विराटनगर, मंसिर ३० गते । मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
रातीको समयमा पारस साहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट भएको हो ।
उक्त आगलागी बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मानवीय र चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]