विराटनगर, मंसिर १० गते । लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरंगका प्रमुख प्रहरी उपरीक्षक संतोष खड्काले अभिनन्दन तथा शुभकामना प्रदान गरेको छ ।
“लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्दता“ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको “लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान“ को क्रममा इमपावरीग ओमेन अस ट्राभल भन्ने मूल नाराका साथ मेची–महाकाली साईकल यात्रामा निस्किएकी श्रेष्ठलाई सम्मान गरेको हो ।
झापा भद्रपुर निवासी लैंगिक हिंसा विरूद्धकी अभियान्ता श्रेष्ठलाई यस जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा सम्मान गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]