विराटनगर, मंसिर १० गते । विराटनगर महानगरपालिका वडा नं. ११ स्थित केशलिया नहर छेउबाट अबैध रुपमा भन्सार छलि गर्ने मानिस, डिजेल र मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला सुनसरी हरीनगरा गाउँपालिका वाड न. ६ बस्ने वर्ष २५ को सत्रुधन साह, वर्ष ३० को नजाम खान र वर्ष ५० को अकवाल मियाँ समेतले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्लाष्टिकको गिलेनमा ४ सय ३० लिटर डिजललादैं गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले मानिस सहित ३ वटा मोटरसाइकल र ३४ हजार ४ सय बरावरको डिजेल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]